तपाईँ सुन्दै हुनुहुन्छः

न्युजिल्याण्ड पहिलोपटक बन्यो विश्व च्याम्पियन

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्याण्डले उपाधि जितेको हो ।

न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २० ओभरमा ९ विकेट गुमाउदै १२६ रनमा अलआउट भयो ।

टस हारेर पहिला ब्याटिंग गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको थियो । योसँगै न्युजिल्याण्ड पहिलो पटक विश्वकप विजेता बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button