तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

काठमाडौं। तेस्रो तथा अन्तिम टी-२० सिरिजको अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाले नेपालसामु १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गरेको हो ।

अमेरिकाका साइतेजा मुकामलाले ६८ तथा मिलिन्द कुमारले नटआउट ४३ रन बनाए । आरोन जोन्स १३ रन तथा कप्तान मोनांक पटेल २ रन बनाए भने हर्मित सिंह १० रनमा नट आउट रहे ।

नेपालका लागि सोमपाल कामीले तीन तथा रिजन ढकाल र ललित राजवंशीले समान एक विकेट लिए ।

नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितिसकेको छ । यो खेल पनि जितेमा नेपालले क्लिन स्वीप गर्ने छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।

टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button