तपाईँ सुन्दै हुनुहुन्छः

सराँय नाचको संरक्षणमा गुल्मीका युवाहरू

गुल्मी । गुल्मी जिल्लामा दसैँका बेला खेलिने सराय नाँच पछिल्लो समय पहिले भन्दा निकै कमै उपस्थिति देखिन्छन् । परम्परागत रुपमा एकदमै राम्रो सराँय नाच देखाउने स्थानका रुपमा स्थापित गुल्मीका अर्जै, मुसिकोट जगिथुम, अमंरपुर, इस्मामैदान, धुर्कोट, ताल्तुङ्ग, धागिथुम, चोयगा लगायत मुख्य गरि सरायँ नाच हुने स्थानका रुपमा परिचित मानिन्छ  । तर सराँयको लागि प्रख्यात मानिने ती ठाउँमा यस वर्ष खासै पहिले भन्दा पछिल्ला केही वर्ष यता नाच्ने भन्दा हेर्नेहरूको चहलपहल मात्रै देखिन्छ । 

गुल्मी जिल्लाको केही ठाउँमा सराँय नाच संरक्षणमा युवाहरू लागेका छन् । निकै पुरानो संस्कृति पछिल्लो समय सङ्कटमा पर्दै जान थालेसँगै गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर -२ ताल्तुङमा सराय नाचको संरक्षण गर्न युवाहरू लागेका हुन् ।

पछिल्लो समय केही स्थानमा स्थानीय स्तरमा खेल्ने भन्दा हेर्ने धेरै देखिने गरेका छन् । युवाहरूको राम्रै उपस्थिति र सहभागिता भएपनि नाच्न अगाडी सर्दैनन् । जसले गर्दा सराय नाच लोप हुने अवस्थामा आउने थालेसँगै यसको संरक्षण गर्नुपर्छ भनेर युवाहरूको सक्रियता बढाइएको इस्मा गाउँपालिका २ स्थानीय राजेन्द्र कुँवरले बताउनुभयो ।

दसैँको अवसरमा खेलिने सराय नाँच इस्मा गाउँपालिकाको ताल्तुङको निकै लोकप्रिय मानिन्छ । तर पछिल्लो समय यहाँ पनि खेल्ने भन्दा हेर्ने धेरै भएपछि यसपटकको दसैँको अवसरमा अभियान नै चलाएर सराय नाँच संरक्षणमा युवाहरूले पनि चासो देखाएको स्थानीय कुँवरले बताउनुभयो ।

मन्दिरमा चढाएको तरवार निकालेर फन्काउँदै र नचाउँदै एक आपसमा जोडिएर सराय नाच्ने गरिन्छ ।

हराउँदै जान लागेको पुरानो मौलिक संस्कृति सहितको सराय नाँच जोगाउन कतिपय स्थानमा अझै पनि एक जुट भएर नाच्ने गरेको पाइन्छ । तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रहरूमा मान्ने प्रचलन छ । प्राय सराय नाँच दसैँको टिकाको दिनदेखि पूर्णिमाको दिनसम्म देखाउने नाच्ने गरिन्छ । 

मन्दिरमा चढाइएको खोडा र दसैँको बेलामा राखिएको जमराको माला र धोति पासा सहितको एउटै पहिरनमा सराय नाँच प्रदर्शन गरिएको थियो । सराय नाच प्रदर्शनमा धेरै जसो युवाहरूको उत्साहपूर्ण सहभागितामा नाचेका थिए । परापूर्व कालदेखि नाच्न थालिएको सराय मेलाले घरबाट टाढा गएकाहरू दशैंंका बेलामा घरमा आएका साथी-सङ्गीसँग भेट्ने गतिलो अवसर पनि हो । गुल्मीमा खेलिने सराय नाच केही ठाउँमा पुरानो पुस्ताले अनुसरण नगर्दा लोप हुने अवस्थामा पुग्न थालेको इस्मा गाउँपालिका २ स्थानीय लोकनाथ आचार्यले बताउनुभयो ।

सराय नाच दसैँका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाँच हो । पञ्चेबाजा सहित तरबार र खुँडा नचाई एकापसमा जोडिएर सरायँ नाच खेलिने गरिन्छ । यसरी नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास रहेको पुराना पुस्ताको तर्क रह

प्रतिक्रिया राख्नुहोस्

Back to top button