तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै, मन्त्रिपरिषद् बैठक पनि आजै

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक आज दिउँसो बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो एक बजे बोलाउनुभएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ती दलका अन्य नेताहरू पनि सहभागी हुनुहुने छ ।

शीर्ष नेताहरूको बैठकमा हालैको बाढी पहिरोले पुर्‍याएकाे जनधनको क्षति, पीडितहरूलाई राहत, पुनर्निर्माण लगायत समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।

मन्त्रिपरिषदको बैठक पनि आज साझ पाँच बजे सिंहदरबारमा बस्दै छ । मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री ओलीको निर्देशनमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्दैछ । कार्यकारी समितिको अध्यक्ष गृहमन्त्री रमेश लेखक हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button