तपाईँ सुन्दै हुनुहुन्छः

टि ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐरीको छलाङ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टि ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मारेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले ऐतिहासिक छलाङ मारेका हुन् । विश्व वरियतामा ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लेका हुन् । दीपेन्द्र इङ्गल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन भन्दा मात्र पछि रहेका छन् । यसअघि दीपेन्द्र छैटौँ स्थानमा थिए ।

दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ रहेको छ । अलराउन्ड तर्फ नै गुलशन झाको ११ स्थान सुधार हुँदा कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६०औँ स्थानमा छन् । ब्याटिङ तर्फको वरियतामा २ स्थान सुधार गर्दै दीपेन्द्र ४३औँ स्थानमा छन् । टि ट्वान्टी टिम वरियतामा भने नेपाल १७औँ स्थानमा कायमै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button