तपाईँ सुन्दै हुनुहुन्छः

विपद् घटना न्यूनीकरण गर्न सबै संयन्त्र परिचालनमा प्रदेश सरकारको जोड

 दाङ । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्को सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा तीन दिनको अविरल झरीका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

विपद अघि, विपद्को वेलामा र विपद् पछिको अवस्थामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना न्यूनीकरण गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जोड दिइएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताउनु भयो ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज  बसेको बैठकले लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरुको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । भीमार्जुन पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, भुपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र इश्वराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको जिम्मेवारी तोकिएको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सडक पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको मन्त्री ढकालले जानकारी दिनुभयो । यस अघि प्रदेशका ११ जिल्लामा मात्रै सडक पूर्वाधार कार्यालयहरू थिए । यस्तै बैठकले प्रदेश राजपत्र तथा कानुनहरूको सम्पादन  र प्रकाशन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button