तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुको टाप्टिङमा पहिरोमा पुरिएर २ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । शनिबार अपराह्न एक घर पुरिँदा २ जनाको मृत्यु भएको हो ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङको चैलुङ गाउँमा टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उक्त घरमा किचिएर उनका छोरी र बुहारीको मृत्यु भएको वडा अध्यक्ष होमबहादुर मगरले जानकारी दिनुभयो। पहिरोमा परि टेकबहादुरका ३० बर्षीया छोरी कविता मगर र ४१ बर्षिया बुहारी रुपु मगरको मृत्यु भएको वडा अध्यक्ष मगरले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट घटनास्थलमा टोली पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button