तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश : स्थानीय तहका कर्मचारीका लागि ल्याइएको विधेयक पारित

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले आज पारित गरेको छ ।

प्रदेश सभाको बैठकमा विधेयकमा संशोधन हाल्ने संशोधन कर्ता प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक सर्व सम्मतिले प्रदेश सभाको आजै बसेको दोस्रो बैठकबाट पारित भएको घोषणा सभामुख रामचन्द्र मण्डलले गर्नुभयो ।

विधेयकमा उठेका विभिन्न जिज्ञासाहरूको विषयमा मुख्यमन्त्री सतिश कुमार सिंहले जवाफ दिँदै विधेयकका विषयमा प्रदेश सभाका सदस्यहरुले उठाउनु भएका विषयहरू लोकसेवा आयोगको परामर्शमा नै राख्ने काम भएको र धेरै सुझावहरू विधेयकमा समेट्ने काम भएको जानकारी दिनुभयो ।

यस अघि विधेयकको नाउँ, प्रस्तावना सहित दफा २ देखि १५९ सम्मका भागहरू पारित गरेर विधेयकको भाग बनेको जानकारी सभामुखले गराउनुभएको थियो ।

स्थानीय तहका कर्मचारीहरूको हकमा प्रदेश सरकारले कानून बनाउने संवैधानिक व्यवस्था भएकाले मधेश प्रदेश सरकारले विधेयक प्रदेश सभामा पेश गरेर ७ वर्षपछि प्रदेश सभाबाट पारित भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button