तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज देखि शुरु

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज देखि शुरु भएको छ । 

विशेष अधिवेशनको पहिलो बैठकमा सभामुख भिम बहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विशेष अधिवेशन आह्वान सम्बन्धीको पत्र पढेर सुनाउनु भयो । बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा स्थापना भए देखि आज सम्म आइपुग्दा यो पहिलो विशेष अधिवेशन हो ।

नेपाली काँग्रेस र नेकपा एमालेका प्रदेश सभा सदस्य (एक चौथाई) ले विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले असार ८ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नु भएको थियो ।

बजेट शून्यताको अवस्था रहेको समय प्रदेश सभाको विशेष अधिवेशन शुरु भए पछि सरकारलाई आर्थिक अध्यादेश ल्याउने बाटो समेत रोकिएको छ । बजेट पारित नहुँदा प्रदेशमा राजस्व सङ्कलन लगायतका आर्थिक गतिविधि ठप्प रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button