तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश : मुख्यमन्त्रीको विपक्षमा मत दिन एमालेको ह्विप

मकवानपुर । नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमरकट्टेलको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई विपक्षमा मत दिन आज ह्वीप जारी गरेको हो ।

एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले एमाले सांसदहरूलाई आइतबारको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मत दिन ह्वीप जारी गरिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा बनेको वर्तमान सरकार एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको हो । सङ्घीय सरकारमा कांग्रेस एमालेसहितको गठबन्धन बनेसँगै प्रदेशमा पनि एमालेले समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button