तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत 

अछाम ।अछाममा जङ्गली जनावर बदेलको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरिएको  छ ।

जिल्लाको तुर्माखाद गाउँपालिका–३ का २९ वर्षकी दिला देवी वयकको २०८० साउन ३२ गते खेतबारीमा काम गरेर घर फर्किने बेला जङ्गली जनावर बदेलको आक्रमण बाट मृत्यु भएको थियो ।

बुधबार एक कार्यक्रमका बीच मृतक बयकका श्रीमान् बलबहादुर बयकलाई १० लाखको चेक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र  डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्यायले हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले राज्यले राहत स्वरूप दिएको रकमको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

अछाममा जङ्गली जनावरले गरेको क्षति बापत पीडितले ६७ लाख रकम पाउनुपर्ने छ । जङ्गली जनावरको आक्रमण बाट मृत्यु भएका १ जना र घाइते ११ जनालाई  यो आर्थिक वर्षमा  १६ लाख राहत रकम उपलब्ध गराएको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले बताउनु भयो । अन्य घाइते ,मृतक र जङ्गली जनावरले क्षति पुर्‍याएका किसानहरूको राहत रकम अर्को आर्थिक वर्षमा उपलब्ध गराइने पाध्याले बताउनुभयो ।

अन्नबालीमा  ४१३ जना  किसानको १७ लाख ६४ हजार ८ सय,पशुधनतर्फ ७७ जना किसानको २८ लाख रकम पाउन बाकी छ । आर्थिक वर्ष २०७८/७९ देखी हालसम्म जङ्गली जनावरको आक्रमण बाट अछाममा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button