तपाईँ सुन्दै हुनुहुन्छः

पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी  सञ्चालन

जुम्ला । कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण आएको बाढी पहिरोले पाँच दिन देखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको हो ।

सडक डिभिजन जुम्ला,हेभी इक्वीपमेन्ट डिभिजन नेपालगन्ज र सडक डिभिजन सुर्खेतबाट खटाइएका जनशक्ति र हेवी बेक्रर,स्काभेटर,लगायतका साधन प्रयोग गरि पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताउनुभयो । उहाँका अनुसार अवरुद्ध राजमार्ग मङ्गलवार दिउँसो २:१५ बजेबाट एक तर्फी सञ्चालनमा आएको हो ।

सडक डिभिजन जुम्लाको कार्यक्षेत्र अन्तर्गत दहिखोला–मान्मा सडक खण्डमा  अविरल वर्षाको कारण पहिरोसँगै लेदो र  ठुलठुला ढुङ्गा खसेर राजमार्ग पूर्ण अवरुद्ध थियो । जसका कारण सयौँ सवारी तथा यात्रुहरू अलपत्र परेका थिए ।

यात्रुले पाएको कष्टलाई मध्यनजर गर्दै सडक डिभिजनले वर्षात रोकिने बित्तिकै सोमबारदेखि पहिरो पन्छाउन सुरु गरेको थियो । रातदिन नभनी पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा ल्याउन सफल भएको डिभिजन प्रमुख मण्डलले जानकारी दिनुभयो ।

एक तर्फी सडक खुलेसँगै साना सवारी सञ्चालनमा आएका छन् । पाँचदेखि अलपत्र यात्रुहरू सडक खुलेपछि उत्साहित भएका छन् । भने पहिरो पन्छाउने कार्यलाई सडक डिभिजनले जारी राखेको छ ।

साथै अवरुद्ध सडक खोल्न सहयोग गर्नु हुने तथा सम्पूर्ण सहयोगी निकाय तथा धैर्य गर्ने आमा नागरिकलाई सडक डिभिजन जुम्लाले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button