तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

कांग्रेसले आज संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । त्यसअघि २ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने भएको छ ।

सरकारले संसद्बाट बजेट पारित गर्ने तयारी गरेका कारण यस विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button