तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड

दाङ । लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सारकारले कूल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि उक्त बजेट संसदमा प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री आचार्यले आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button