तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्न लागेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुतिका लागि मधेश प्रदेश सभा सचिवालयले आज दिउँसो दुई बजे बोलाएको प्रदेशसभाका निमित्त सचिव अरुण कुमार झाले जानकारी दिनुभएको छ ।

बैठकमा मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्नु हुने कार्यक्रम रहेको  छ ।  

जनमत पार्टी सतिश कुमार सिंहको नेतृत्वमा बनेको सरकारले पहिलो पटक प्रदेशसभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button