तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा श्रीमतीको हत्या गरि श्रीमान् फरार

दाङ । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या पछि खुकुरीसहित फरार भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ लुङ्ग्री टोलमा बस्ने ३६ बर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ बर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरि हत्या पछि खुकुरीसहित फरार भएका छन् ।

शुक्रबार बिहान सवा ८ बजेतिर बुढाथोकीले श्रीमतीको हत्या पछि सोही खुकुरी लिएर फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी अधिकारीरुले बताउनुभयो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ बजेतिर श्रीमतीको हत्या पछि आरोपित व्यक्ति खुकुरी हातमा समाएर गएको भन्ने सूचनाका आधारमा खोजी भईरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button