तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय राजमार्गलाई वर्षाअगावै मर्मतसम्भार गर्न आग्रह

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गलाई तत्काल मर्मतसम्भार गर्न सरकारलाई आग्रह गरेको छ ।

सडक मर्मत तथा निर्माणमा भइरहेको ढिलासुस्तीका कारण राजमार्गमा घण्टौँ सवारी जाम हुन थालेकाले तत्काल मर्मतसम्भार गर्न सरकारलाई आग्रह गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो ।

विगतदेखि पुननिर्माणमा रहेका बुटवल–नारायणघाट सडकखण्ड, काठमाडौँ–पोखरा सडकखण्ड, पथलैया–ढल्केवर सडकखण्ड मर्मतलाई तीव्र रुपमा अगाडि बढाउन माग गरिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

महासङ्घले राष्ट्रिय राजमार्ग र सहायक राजमार्ग बिग्रिँदा मालवाहक र यात्रुवाहक सवारी साधनलाई प्रत्यक्ष असर पुग्नुका साथै आम यात्रुलाई गन्तव्यस्थलसम्म पु–याउन समस्या परेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button