तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीचको भेट वार्ता निष्कर्षविहीन

काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता भएको छ ।

बीचआज बिहान भएको भेटमा संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा दुई नेतावीच छलफल भएको काँग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।
सहमहामन्त्री परियारले भेट सहकारी छानविनको विषयमा नै केन्द्रीत भए पनि निस्कर्षमा नपुगेको जानकारी दिनुभयो ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले गोर्खा मिडिया नेटवर्कको अध्ययन गर्ने भइसकेपछि गृहमन्त्री लामिछानेको नाम नलेख्दा पनि हुँदैन भनेर सभापति देउवासँग प्रस्ताव गर्नु भएको र जवाफमा सभापति देउबाले आफूहरु त्यसमा तयार नरहेको बताउनुभएको भएको सहमहामन्त्री परिवारले जानकारी दिनुभयो ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी प्रकरणमा छानवीन समिति बनाउने विषयमा आफु अत्यन्तै गम्भीर रहेको भन्दै भरे साँझ वा भोलिसम्ममा सहमति निकाल्न आग्रह गर्नुभएको पनि सहमहामन्त्री परियारले जानकारी दिनुभयो ।
आज विहान नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तीन शीर्ष नेतावीच बालुवाटारमा भेट्ने कार्यक्रम तय भएको थियो ।
स्वास्थ्य अवस्थाको कारण देखाउँदै काँग्रेस सभापति देउवाले असमर्थता व्यक्त गरे पछि उहाँको आग्रहमा प्रचण्ड बुढानिलकण्ठ जानुभए पनि एमाले अध्यक्ष ओलि भने छलफलमा सहभागि हुनुभएन ।
नेपाली काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि समेत छानवीन हुने गरि संसदीय समिति बनाउनु पर्ने माग राख्दै आएको छ । भने सत्ता पक्ष गृहमन्त्रीको नाम राख्न नुहुने अडानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button