तपाईँ सुन्दै हुनुहुन्छः

स्कुल बसको ठक्करबाट युवाको मृत्यु

जनकपुरधाम । धनुषामा स्कुल बसको ठक्करबाट एक जनाको आज मृत्यु भएको छ ।

आज बिहान पाने ११ बजेको समयमा विदेह नगरपालिका–७ औरही पुल र तिनकौरीया बीचमा पर्ने जोगियारामा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक २० वर्षीय सन्तोष यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तिनकोरियाबाट औरहीतर्फ आउँदै गरेको प्रदेश २ ००२ ००४ प ३७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट जाँदै गरेको ना ४ ख ५७० नम्बरको स्कुलको बस ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारको लागि जनकपुरधाम ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मोटरसाईकलमा सवार एक जना घाइते भएका छन् । उनको जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने लर्ड गणेश ईँगलिस बोर्डिँग स्कुलको बस प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button