तपाईँ सुन्दै हुनुहुन्छः

आज साँझदेखि कैलाली र कञ्चनपुरका सीमा नाका बन्द हुने

कैलाली । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि कैलाली र कन्चनपुर जिल्लाका सबै सीमा नाका आज साँझदेखि बन्द भएका छन् ।

भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा यही वैशाख ३१ गते हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ६ बजेदेखि वैशाख ३१ गते मतदान सम्पन्न नहुन्जेलसम्म सीमानाका बन्द रहने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button