तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर पल्टिँदा १३ वर्षीय बालकको मृत्यु

नवलपरासी पश्चिम् । पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

सुस्ता गाउँपालिका–३ स्थित भित्री सडकमा कुडियाबाट रतनगंजतर्फ जाँदै गरेको लु ३ त २८४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका सुस्ता ५ तरेनीका १३ वर्षीय गोलु भन्ने रोहित कंकरको मृत्यु भएको छ । उपचारका लागी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा सुस्ता ४ नर्सही बस्ने वर्ष २१ का सुकई मल्लाह गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागी भैरहवा मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो । ट्याक्टर आफै अनियन्त्रित भएर सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button