तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक शुन्य सहनशीलताका साथ काम गर्न प्रहरी महानिरीक्षकको निर्देशन

उदयपुर । नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले व्यावसायिक शुन्य सहनशीलताका साथ काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको कार्यक्रममा महानिरीक्षक कुँवरले सङ्गठनमा केही आश लाग्दा व्यक्तिहरूबाट सिकेर सबै जना अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्गठनलाई व्यावसायिक, मर्यादित र जनमुखी बनाएर प्रहरीले काम गर्नुपर्ने बताउनुभयो ।

महानिरीक्षक कुँवरले प्रहरीले आफ्नो आचरण, बोली व्यवहारलाई सङ्गठनको मर्यादा अनुसार कायम गर्दै सेवामुखी भावका साथ काम गर्नुपर्ने बताउँदै कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष रुपमा काम गर्न निर्देशन दिनुभयो ।

कुँवरले उदयपुर प्रहरी परिसरमा नवनिर्मित शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी उद्यान र ईलाइबेरीको एक साथ समुद्घाटन गर्नुभएको थियो ।

शुक्रबार त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, जिल्ला स्थित सबै पालिकाका प्रमुख, राजनीतिक दलका प्रमुख, संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा ८० बर्ष उमेर माथिका नेपाल प्रहरीका पूर्व कर्मचारी, तथा जिल्ला प्रहरी कार्यालयका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button