तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय संसद् अधिवेशन सुरु

काठमाडौँ । सङ्घीय संसद्को बर्खे अधिवेशन आजदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । 

सङ्घीय संसद्मध्ये राष्ट्रियसभाको आजको बैठक सुरु भइसकेको छ भने कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेकाले प्रतिनिधिसभा बैठक सुरु हुन विलम्ब भएको छ । दुवै सभाको बैठक आज अपराह्न २ बजेका लागि आह्वान गरिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।

राष्ट्रियसभाको बैठक आरम्भ गर्दै अध्यक्ष नारायण दाहालले अधिवेशनलाई प्रभावकारी र रचनात्मक बनाउन आग्रह गर्दै सदनमा उठेका विषयमा उत्तरदायी हुन सरकारका सम्बन्धित मन्त्रीलाई स्मरण गराउनुभयो । 

उहाँले प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयक र गैह्र सरकारी विधेयसमेतमा छलफल भई राष्ट्रियसभामा फिर्ताको वातावरण बनाउन आग्रह गर्नुभयो । बैठकको पहिलो दिन सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका तर्फबाट बोल्ने क्रम जारी छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button