तपाईँ सुन्दै हुनुहुन्छः

मिशुस्टिनलाई रुसी प्रधानमन्त्रीमा पुन:नियुक्त गर्ने पुटिनको प्रस्ताव

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिखाइल मिशुस्टिनलाई पुनः रुसको प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को तल्लो सदन स्टेट ड्युमामा प्रस्ताव गर्नुभएको छ । 

प्रधानमन्त्री पदका लागि राष्ट्रपति पुटिनले अघि सार्नु भएका उम्मेदवारलाई राज्य डुमाको शुक्रवारको बैठकले अनुमोदन गर्ने राज्य डुमाका सभामुख व्याचेस्लाभ भोलोदिनलाई बताउनु भएको छ । 

मङ्गलबार क्रेमलिनमा पुटिनले रुसी राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेपछि मिशुस्टिनले कानुन बमोजिम रुसी मन्त्रिपरिषदको प्रमुखबाट राजीनामा दिनुभएको थियो ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button