तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि  निर्णय गरिएको हो। निर्णय अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसद् अधिवेशन आह्वान गर्नुहुनेछ।

यो अधिवेशन बजेट अधिवेशनको रूपमा रहनेछ। अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट पेस गरिनेछ। त्यसपछि संसदमा छलफल भई बजेट पारित हुनेछ।

गत वैशाख १२ गते राती १२ बजे प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो। यसपटकको वर्षे अधिवेशनमा बजेटसहितका महत्वपूर्ण विषयमा छलफल हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button