तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाइयो, एक जना घाइते

 नेपालगन्ज । बाँकेमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाइएको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

आज बिहान कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । परियारको बायाँ खुट्टामा गोली लागेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले बताउनुभयो । परियार कोहलपुर नगरपालिका-१२ चप्परगौडीका हुन् । परियारलाई एउटा गोली लागेको छ । प्रहरीले अर्का २७ वर्षीय प्रमोद कार्कीलाई पनि पक्राउ गरेको छ । 

परियार सहितको समूहले नेपाल भारत सिमानामा बसेर लागूऔषध कारोबार गर्ने गरेको सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्युरोका इन्स्पेक्टर रुपेश विष्ट र सई बालकृष्ण सन्जेल नेतृत्वको टोलीले उनीहरूलाई पछ्याइरहेका थिए ।

कोहलपुरका पिप्रहवामा प्रहरीलाई देखेर भाग्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको कार्कीले जानकारी दिनुभयो ।उनीहरूको साथबाट ११० ग्राम ब्राउन सुगर समेत बरामद भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button