तपाईँ सुन्दै हुनुहुन्छः

बगर खेती गरेरै घरखर्च चलाउँदै 

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको बनहरा नदीको बगरमा तरकारी खेती गरी करिब ९० परिवारले घर व्यवहार चलाएका छन् ‌।

नदीको बगरमा किसानहरूले बगर खेती करिब ६-८ महिना गर्ने गरेका छन्। बगर खेती गरेरै घरखर्च चलाइरहेका कृष्णपुर -२ का मञ्जु चौधरीले  करिब ९० परिवारले ६ समूह बनाएर बगर खेती गरी रहेको बताएका छन्। बगर खेतीमा तरकारीलाई विशेष प्राथमिकतामा राखेर हामीहरू खेती गरिरहेका बताए’। उहाँले भने ‘ स्थानीय सरकारले केही सहयोग गरेता पनि अन्य सरकार र सम्बन्धित निकायले ध्यान नदिएको अवस्था छ। हामीलाई सिँचाइको लागि तत्काल बोरिङ र बजार व्यवस्थापनको आवश्यकता रहेको बताए।

हामी रात दिन नभनी मेहनत गरेर खेती गर्छौं, बजार व्यवस्थापन र भण्डारणको समस्याले लाखौँको उत्पादन खेर गएर दुख भोग्नु परिरहेको अर्का बगर खेती किसान नन्दलाल रानाले बताए ।

त्यस्तै, सोही बगरमा खेती गरेर घर व्यवहार चलाइरहेकी कल्पना चौधरीको भने फरक अनुभव छ । उनी भन्छिन् ‘ बगर खेतीले निकै राहत पुगाएको छ । आफूले सिजनमा २(३ लाख सम्म आम्दानी गर्ने गरेको र आर्थिक अवस्था केही हदसम्म भए पनि सुधार भएको बताइन्।

हामीले बगर खेती गरी रहेका छौँ , उचित भण्डारण, बजार व्यवस्थापन र अत्याधुनिक सिँचाइको व्यवस्थापन गरी दिनुपर्ने बनहरा नदीको किनारमा बगर खेती गरिरहेका सम्पूर्ण किसानको माग रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button