तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीका सरकारी कार्यालयहरूले तीन भाषामा साइनबोर्ड राख्नुपर्ने

मकवानपुर । बागमती प्रदेशका सरकारी कार्यालयहरूले आगामी २४ वैशाखदेखि नेपाली, तामाङ र नेवारी भाषामा साइनबोर्ड राख्नुपर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली, तामाङ र नेवारी भाषामा सरकारी कार्यालयका बोर्डहरू लेख्नुपर्ने निर्णय गरेको हो।

२४ वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्नुहुने भएकाले त्यही दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले २४ वैशाखपछि बागमती प्रदेशभरका सरकारी कार्यालयका साइन बोर्डहरूमा तीन वटै भाषा प्रयोग गरिनुपर्ने जानकारी दिनुभयो ।

यसअघि नेपाल सरकारले नेपाली भाषालाई मात्र सरकारी कामकाजको भाषा मानेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button