तपाईँ सुन्दै हुनुहुन्छः

एसिया ट्रायथलन कपमा १५ देशका खेलाडी सहभागी हुने

पोखरा । पर्यटनको राजधानी पोखरामा आउँदो शनिबार देखि सुरु हुने एसिया ट्रायथलन कप प्रतियोगितामा नेपालसहित १५ देशका ६४ जना खेलाडी सहभागी हुनुहुने भएको छ ।

आइतबारसम्म दुई दिन पोखराको लेक साइडमा आयोजना हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको नेपाल ट्रायथलन संघका उपाध्यक्ष सुमन देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा महिलातर्फ २४ जना र पुरुषतर्फ ४० जना खेलाडीहरूले आफ्नो नाम दर्ता गराउनुभएको छ । प्रतियोगितामा नेपालका ९ जना खेलाडीले सहभागी हुने उपाध्यक्ष देवकोटाले जनाउनुभयो ।

राखेप, गण्डकी प्रदेश सरकार, पोखरा महानगपालिका, पोखरा पर्यटन परिषद्, होटल संघ पोखरा लगायतको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताबाट पोखराको खेल पर्यटनको प्रवर्द्धनमा टेवा पुग्ने संघ गण्डकी प्रदेशका अध्यक्ष एवं प्रतियोगिताका संयोजक डिल्लीराज सुवेदी (शिशिर) ले बताउनुभयो ।

प्रतियोगितामा नेपालसहित प्यालेस्टाइन, उरुग्वे, अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजकिस्तान, बङ्गलादेश, उज्बेकिस्तान लगायतका देशका खेलाडीले सहभागिता जनाउने छन् ।

गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button