तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारद्वारा पद तथा गोपनीयताको शपथ 

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

उहाँलाई आज प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

रणसिंह नेकपा माओवादी केन्द्रबाट विना विभागीय मन्त्री बन्नुभएको छ । आजै मुख्यमन्त्री यामलाल कँडेलले नेकपा माओवादी (केन्द्र) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहनुभएका सांसद परियारलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो । 

रणसिंह परियार हुम्ला प्रदेश सभा ‘क’ बाट निर्वाचित सांसद हुनुहुन्छ । 

२०८० साल चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कँडेलले सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भागबण्डा नमिल्दा सरकारलाई पूर्णता दिन सकिरहनुभएको छैन । 

मुख्यमन्त्री कँडेलले भोलि संसद्बाट विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button