तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाका विभिन्न स्थानमा आगलागी,१८ घर गोठ जलेर नष्ट

रोल्पा । बढ्दै गएको खडेरी गर्मी र हावाहुरीको कारण रोल्पाको विभिन्न स्थानहरूका बनजङ्गलमा भीषण आगलागी भएको छ । आगो नियन्त्रण बाहिर जाँदा पाङ र खुङ्ग्रीमा गरी हालसम्म १८ वटा खर,जस्तापाता,ढुङ्गाले छाएका ढुङ्गा माटोले बनेका कच्ची घर गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट लाखौँको धनमाल जलेर खरानी भएका छन् भने सयौँ हेक्टर सामुदायिक बनमा लागेको आगो  नियन्त्रण बाहिर छ ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ खुंग्रीको, खुंग्रीकोट तिमिलेमा सोमबार देखी लागेको  आगो नियन्त्रण भन्दा बाहिर रहँदा  २ घर र ३ गोठ जलेर पूर्णरूपमा क्षति भएका छन् आगो नियन्त्रणमा लिन स्थानीय , नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ,नेपाली सेनाले प्रयास गरिरहेको भए पनि अहिलेसम्म  नियन्त्रण बाहिर रहेको स्थानीयले बताएका छन् ।

रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका वडा नम्बर  १ पाङको  रिरिपमा आगलागी भएर १३ वटा घर गोठ जलेर नष्ट भएका  परिवारलाई  तत्काल राहतस्वरुप नगद , खाद्यान्न सामाग्री , लत्ताकपडाहरू वितरण गरिएको छ । 

लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा ,  रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझी , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डिबि घर्ती मगर , जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख भरत लामा , आइएनएफ नेपाल लगायतले घटनास्थलमा पुगेर पीडितलाई राहत सामाग्री  वितरण गरेका छन्  आगलागी पीडित घरधुरीलाई परिवारको सदस्य सङ्ख्याको आधारमा २० हजार र १५ हजारको दरले आर्थिक रकम प्रजिअ रायमाझीले हस्तान्तरण गर्नुभएको हो   ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button