तपाईँ सुन्दै हुनुहुन्छः

आगामी दिनमा हमासमाथि ‘सैन्य दबाब’ बढाउने इजरायली चेतावनी

जेरूसेलम।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा बन्धक बनाइएकाहरुको रिहाईका लागि इजरायलले प्यालेस्टिनी लडाकू समूह हमासमाथि सैन्य दबाब बढाउने बताउनुभएको छ ।

“हाम्रा बन्धकहरूलाई मुक्त गर्ने यो एक मात्र तरिका हमासमाथि सैन्य र राजनीतिक दबाब बढाउनेछौं किनभने यो नै हाम्रा बन्धकहरूलाई मुक्त गर्ने एक मात्र उत्तम विकल्प हो,” नेतन्याहूले निस्तार चाडको यहूदीहरूको बिदाको पूर्वसन्ध्यामा एक भिडियो वक्तव्यमा भन्नुभयो ।

अन्तरराष्ट्रिय आक्रोशका बावजुद नेतन्याहूले पटक–पटक दक्षिणी गाजा शहर रफाहमा इजरायली सेनाले जमीनी आक्रमण गर्ने बताउँदै आउनु भएको छ । रफाहमा अहिलेसम्म १५ लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिइसकेका छन् ।

गाजा युद्ध चर्काएको हमासको अकल्पनीय आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार १७० जनाको मृत्यु भएको एएफपीलाई प्राप्त इजरायली आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।

उक्त आक्रमणपछि लडाकूहरूले करिब २५० जनालाई बन्धक बनाएका थिए । इजरायलको अनुमानअनुसार गाजामा बाँकी रहेका १२९ जनामध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा ३४ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button