तपाईँ सुन्दै हुनुहुन्छः

संसद्मा तटस्थ र निष्पक्ष भएर भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध : उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले संविधान, प्रचलित कानुनहरू र नियमावलीले निर्दिष्ट गरेका कार्यहरूमा तटस्थ र निष्पक्ष भएर भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । 

संसद् सचिवालय सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष घिमिरेले संसद्मा कानुन निर्माण, महिला सांसदको भूमिका प्रभावकारी बनाउन र समितिहरूका कामकारबाहीलाई प्रभावकारी बनाउन आफूले काम गर्ने बताउनुभयो  । 

उपाध्यक्ष घिमिरेले राष्ट्रियसभामा उपाध्यक्ष पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीका सबै जिम्मेवारीबाट अलग भएको समेत जानकारी गराउनुभएको छ । 

उपाध्यक्ष घिमिरेले उपाध्यक्षको पनि आफ्नै खालका अधिकारहरू रहेको हुनाले उपाध्यक्ष र उपप्रमुख भन्ने बित्तिकै महिला सोच्ने प्रवृत्ति रहेको भन्दै त्यस्तो मानसिकता हटाउनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष घिमिरेले सरकारले प्रतिनिधिसभामा धेरै विधेयक दर्ता गर्ने तर राष्ट्रियसभामा भने बिजनेस नहुने अवस्था आउन नदिन नयाँ विधेयक ल्याउँदा राष्ट्रियसभामा दर्ता गर्न सरकारलाई आग्रह गरेको जानकारी समेत गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button