तपाईँ सुन्दै हुनुहुन्छः

तातो हावाहुरीले नवलपरासीको जनजीवन कष्टकर

नवलपरासी,पश्चिम् । तराई क्षेत्रमा चल्ने तातो हावाहुरीले पश्चिम् नवलपरासीको जनजीवन प्रभावित बनेको छ ।केही दिन यता दैनिक जसो नै तातो हावा चल्ने गरेको छ ।तातो हावा चले सँगै आम नागरिकको दैनिक जीवनयापन समेत कठिनाइ भएको छ ।

दिउँसो १ बजेदेखी ४/५ बजे सम्मनै तातो हावा चल्दा घरबाहिर निस्कने सक्ने अवस्था नै छैन ।तातो हावाहुरीले पशु चौपायालाई समेत असहज भएको छ भने किसानका हिउदेबाली समेत सुक्खा भएको छ ।लु जस्तै लामो समय सम्म दैनिक रुपमा तातो हावा चल्न थालेपछि मानिसहरू दिउँसो घरबाट निस्कन छाडेका छन्।तातो हावा चलेसँगै नाक बाट रगत आउने समस्याका केही बिरामीहरू आउन थालेको बर्दघाट स्थित चिसापानी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.मन्जिला घिमिरेले बताउनु भयो ।

“अहिले तातो हावा चल्न थालेपछि नागबाट रगत बग्ने समस्या भएर केही व्यक्तिहरू आउन थाल्नु भएको छ यसको उपायनै हावा सँग बच्ने हो”डा.घिमिरेले भन्नू भयो ।”तातो हावाले सुक्खा हुँदा शरीरमा पानीको मात्रा कम भएर “डिहाईड्रेसन”हुन्छ ।त्यसैले प्रशस्त मात्रामा पानी पिउनु पर्छ,लामबाहुले लुगा प्रयोग गर्नुपर्छ”डा.घिमिरेको सुझाव छ ।

तातो हावा, हुरी र धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम समेत बढेको छ ।केही दिन यता जिल्लामा आगलागी घटना समेत बढेका छन्। तातो हावाहुरीकै कारण मौसमी फल आँप,लिची र लहरे तरकारी खेती प्रभावित भएको छ।”मैले मकै लगाएको अहिले सम्म राम्रो थियो दिनकै तातो हावाहुरीले बोट सुक्न थालेपछि दिन बिराएर पानी लाउनु परेको छ ।खेतमा जान सक्ने अवस्था पनि छैन”बर्दघाट १४ गङ्गा बस्तीका मिलन पाण्डेले भन्नू भयो ।

कामदारको दैनिकी झन् निकै कष्टकर बनेको छ । तातो हावाहुरीले जिल्लामा गर्मी बढ्नाका साथै ज्येष्ठ नागरिक समेत निकै प्रभावित बनेका छन् ।हावाहुरी चलेपछि बिद्युत् लाइन काटिने समस्याले थप हैरानी बेहोर्नु परेको छ ।

लूकै कारण दिउँसो बाहिर हिँडडुल गर्न समस्या भएको छ । एक्कासि मौसम परिवर्तन भई तापक्रम बढ्दा बालबालिका बिरामी हुने जोखिम बढेको छ। हावाहुरीले उडाएको धुलाका कारण आँखाको समस्या हुने गरेको छ।बजार क्षेत्रमा समेत दिउँसो चहलपहल देखिन छाडेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button