तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा यात्रुवाहक बस दुर्घटना, तीन घाइते 

सल्यान । सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कुमाख गाउँपालिका ३ गुर्दासेबाट सल्यान श्रीनगर आउँदै गरेको ना  ख ५३१३ नम्बरको बस कुमाख गाउँपालिका ३ को भित्री सडकखण्डमा आइतबार बिहान दुर्घटना भएको हो । 

दुर्घटनामा परी सल्यान कुमाख गाउँपालिका ३ गुर्दासेका २५ वर्षीय हस्त राना, १८ वर्षीया युमना सिंह र ७३ वर्षीय भूमि सिंह रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरूको सल्यान जिल्ला अस्पतालमा उपअचार भइरहेको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनु भयो । 

बसमा ९ जना सवार रहेको र अनियन्त्रित भई सडकमा पल्टिएको थियो । चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button