तपाईँ सुन्दै हुनुहुन्छः

नवीकरण नभएका हतियार जफत गर्दै प्रशासन 

नवलपरासी,पश्चिम् । जिल्ला प्रशासन कार्यालय पश्चिम् नवलपरासीले हातहतियार नवीकरण गर्न  सम्बन्धित हतियार धनीहरूलाई सूचित गरेको छ । प्रशासन कार्यालयले पाँच वर्ष कटेर नवीकरण नभएका हातहतियारसमेत जफत गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

इजाजत लिएर लामो समयसम्म नवीकरण नगरेका हतियारहरु नवीकरणका लागि कार्यालयले अनुरोध गरेको हो। तोकिएको समय भित्रमा कार्यालयको अभिलेखमा नवीकरण  नदेखिएको भन्दै सम्बन्धित संस्था र व्यक्तिलाई ३५ दिन भित्र नवीकरण गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

जिल्लामा ४ सय चार थान इजाजत प्राप्त हातहतियार रहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले रेडियो नेपाललाई जानकारी दिनुभयो । जसमा नवीकरण भएका १०६ थान,नवीकरण नभई  ५ वर्षको समय अवधि नकाटेका ६१ थान हातहतियार रहेको पन्थीले जानकारी दिनुभयो । यसै गरि ५ बर्ष समय सीमा कट्दासमेत नवीकरण नगरिएका २ सय ३७ थान हातहतियार रहेका छन् ।कार्यालयको अभिलेख अनुसार नवीकरण नभएका र ५ बर्से समयसिमा कटेका उक्त २३७ थान हतियार जफत हुने पन्थीले बताउनु  भयो। यद्यपि यी सङ्ख्यामा रुजु भइरहेको उहाँले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button