तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख प्रतिपक्षी दल कांग्रेसद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।
आजको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध गर्नु भएको थियो ।
सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेसका सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राख्नुभयो ।
उहाँले सहकारीमा भएको अनियमितताको विषयमा छानविन गर्न सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गर्नुभयो ।

सांसद थिङले आफ्नो कुरा राखेपछि सत्तापक्षका सांसदहरुले पनि उठेर बोल्न समय माग गरेपछि सभामुखले रास्वपाका सांसद मनिष झालाई समय दिएपनि कांग्रेसका सांसदहरु उभिएर विरोध गरिरहनुभयो ।

सदनमा दुबै पक्षका सांसदहरु उभिइरहँदा सभामुख देवराज घिमिरेले सदन अवरुद्ध हुँदा जनताको आवाज उठाउन अवरोध हुने र देशमा आगजनी, जिल्ला जिल्लामा सामाजिक सद्भावमा परिरहेको प्रभाव लगायतका समस्या सदनमा उठान र समाधान गर्नतिर सबै लाग्नु पर्नेभएकोले सांसदहरुलाई आफ्नो आशन ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।
सभामुख घिमिरेले सदनमा उठिरहनु भएका सांसदहरुलाई पटक पटक बस्न आग्रह गरेपनि दुबै पक्षका सांसदहरुले सभामुखको आग्रहलाई नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button