तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती लोकमार्ग दैनिक सात घण्टा बन्द हुने

सल्यान । राप्ती लोकमार्ग अन्तर्गत राम्री -कपुरकोट सडकखण्ड दैनिक सात घण्टा बन्द हुने भएको छ ।

राम्री देखि कपुरकोट सडकखण्डको सडक स्तरोन्नति कार्यका  लागि ब्याक कटिङ गर्न भन्दै दैनिक सात घण्टा बन्द हुने भएको हो । 

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार चैत २६ गतेदेखि २०८१ वैशाख १६ गतेसम्म दिउँसो १२:०० बजेदेखि बेलुका ४:०० बजेसम्म र राती ९:०० बजेदेखि राती १२:०० बजेसम्म सडक बन्द हुने भएको छ । 

साना सवारी साधनका लागि पैयाखोरिया, साताबास किमुचौर हुँदै कपुरकोट सडकको व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button