तपाईँ सुन्दै हुनुहुन्छः

आरन व्यवसायले घर खर्च चलाउन मुस्किल

मुगु । गाउँ बस्तीमा परापूर्व काल देखि सञ्चालन हुँदै आएको पुर्ख्यौली आरन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ ।   समयको परिवर्तन सँगै आरन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।  पुराना जमानाका ब्यबसायीहरूको उमेर ढल्किँदै गएपछि बुढ्यौलीमा यो व्यवसाय गर्न कठिन हुने र  पछिल्ला सन्ततिलाई यस व्यवसायप्रति खासै आकर्षित नभए पछि  दिन प्रतिदिन यो व्यवसाय सङ्कटमा पर्दै गएको हो ।  बस्ती स्तरमा केही  बुढापाका उमेरका व्यक्तिहरूले फाटफुट रूपमा आरन चलाएको देखिन्छ । भने यस व्यवसाय सञ्चालन गर्ने युवा भने  कतै भेटिँदैनन् ।

विशेष गरि दलित समुदायका मानिसहरूले पुर्खा देखि अँगालेको यस पेसा प्रति समय सापेक्ष खासै फाइदा नदेखिए पछि  दिन प्रति दिन  यो पेसा सङ्कटमा पर्ने अवस्थामा देखिएको हो ।   पुरानो चलन अनुसार  आरन बाट कृषि ओैजारहरू हँसिया,कुटो, कोदालो, बन्चरो,बासो, चुलेसी, कुमा, हतौडा, घट्टको बियो, लौरेसी जस्ता फलामे ओैजार नयाँ बनाउने र पुराना बुच्चा धारिला बस्तुहरूमा धार लाउने गरिन्छ । यसबाट  खासै तोकिएको मोल मोलाई नहुने भएकोले  थोरै मानु मुठो अन्न ज्याला स्वरूप  कोदो, मार्से, चिनो,काउनी,सिमी  लिने र  त्यसले मात्र घर खर्च समेत धान्न पछिल्लो समयमा मुस्किल भएको  मुगुम कार्मारोङ गाउँपालिका माग्राी गाउँका  सोनाम  फोन्जोक कामीले बताए ।

पछिल्ला बर्सहरूमा बजारको हरेक बस्तुहरूको दर भाउ बढे पनि किसान हरूले उत्पादन गरेको स्थानीय रैथाने  अन्नको मूल्य खासै बढेन । भएको अन्न बालीको पनि बजारमा खासै माग पनि नहुने र बिहानै देखि बेलुका  सम्म आरनमा काम गर्दा फलाम चुट्नु पर्दा धेरै गारो हुने भएकाले बुढेस कालमा दुख धेरै आम्दानी नगद शून्य र अन्नको मात्र कारोबार हुने भएकोले अहिले आफ्नो ७ जनाको परिवार पाल्नै मुस्किल  हुने गरेको बिकले दुख पोख्नु भयो ।

उमेरले ६५ बर्ष पुग्नु भएका बिक आरन ब्यसाय सुरु गरेको ४० बर्ष भएको र  हाल सम्म  मुगुको कार्मारोङ गाउँपालिकाले वर्षको एक पटक आँफर (आरन सामागी्  ) दिने बाहेक  नजिकैको वडा र कुनै संघ संस्थाले आफु लाई नहेरेको गुनासो गरे ।  घरमा खाने पिने त सामान्यतया अन्नले चलाउला तर तेल ,तोरी, नुन, बालबच्चाको पढाई, ओषधी उपचार लुगाफाटा कसरी व्यवस्था गर्ने र ?  प्रश्न गरे । एका बिहानै देखि आरनमा बसेर दिनभर गाउँलेको काम गर्नु पर्छ । तर पैसा हातमा हुँदैन । अन्न दिने भनेर सामान लगेर हिँड्छन् , बिकले भने ।  लामा समुदायका बिक जस्तै कर्णाली अञ्चलका साबिकका मुगु लगायत  हुम्ला, डोल्पा,कालिकोट र जुम्लाका आरन ब्यबसायी हरूको समस्या  पनि उस्तै छ । नत सरकारले यिनीहरूको व्यवस्थापन गर्न सकेको छ । नत संरक्षण नै  ।

समय सापेक्ष  आरन ब्यबसायीहरूको लगत सङ्कलन गरि उनीहरूलाई आधुनिक  तालिम , नगद ज्याला निर्धारणका साथै  आधुनिक ओैजारहरू उपलब्ध गराएको खण्डमा  सङ्कटमा परेको आरन व्यवसाय पुन फस्टाउनको लागि टेवा मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button