तपाईँ सुन्दै हुनुहुन्छः

फेवा किनारमा  रैथाने खाना महोत्सव  हुँदै

पोखरा । नेपाली नयाँ वर्षका अवसरमा पोखराको फेवा ताल किनारमा आयोजना हुने १९ औँ संस्करणको ‘फेवा नव बर्ष महोत्सव’का नेपाली रैथाने खाना महोत्सव हुने भएको छ । महोत्सव यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने छ ।

होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको होटल संघ पोखरा नेपालका महासचिव एवं फेवा महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिनुभयो । महोत्सवमा गण्डकी प्रदेशमा रहेका विभिन्न रैथाने खानाहरूलाई समावेश गरिने उहाँले बताउनु भयो ।

महोत्सवले स्थानीय खानाको अन्तर्राष्ट्रिय बजारीकरणमासमेत सहयोग पुग्ने महासचिव ढकालको बुझाई छ । रैथाने जातका धान गहुँ कोदो तथा अन्न वाली पनि मासिँदै जान थालेकाले त्यसको संरक्षण र प्रवर्द्धन गर्न रैथाने खाना महोत्सव राखिएको ढकालले बताउनु भयो ।

फेवा नव वर्ष महोत्सव ड्यामसाइडचोकदेखी खहरेचोकसम्म ३.५ किमी क्षेत्रमा विभिन्न साँस्कृतिक कार्यक्रमसहित सञ्चालन हुनेछ ।

होटल संघ पोखरा नेपालले आयोजना गर्ने फेवा नव वर्ष महोत्सवको तयारीसमेत अन्तिम चरणमा पुगेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button