तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका : मन्त्री अधिकारी 

नवलपरासी पश्चिम् । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले देशको अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनु भएको छ । निजी क्षेत्र,सहकारी र सरकारी गरी तीन खम्बे अर्थनीति अनुरुप अघि बढ्नु पर्नेमा मन्त्री अधिकारीको जोड रहेको थियो ।

पश्चिम् नवलपरासीको बर्दघाटमा आयोजना गरिएको सातौँ बर्दघाट महोत्सवलाई उद्घाटन गर्दै मन्त्री अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएको समेत जिकिर गर्नु भयो ।

उहाँ पछिल्लो समय केही सहकारीहरूमा समस्या देखिएको भन्दैमा सबै सहकारीलाई उही रुपमा बुझ्न नहुने बताउनु भयो । सहकारीमा समस्या नभएकै होइन त्यसैले हामीले कर्जा असुली प्राधिकरण गठन गरी समस्या समाधान तर्फ अघि बढेका छौ ।सहकारी, भूमि र उद्योग क्षेत्रमा देखिएका समस्यालाई टुङ्गोमा पुर्‍याउनेतर्फ सरकार अग्रसर छ- मन्त्री अधिकारीले भन्नुभयो । 

देशको अर्थतन्त्रमा सहकारीको समेत योगदान रहेको अधिकारीको भनाई थियो । एक अर्को निकायको आपसी समन्वय अभाव र पुराना कानुनहरूका कारण जटिलता उत्पन्न भएको भन्दै मन्त्री अधिकारीले एकीकृत कानुन निर्माण गरिने बताउनु भयो ।

‘निजी, सरकारी तथा सामुदायिक उद्योगहरू सञ्चालन भएका जग्गा बन सँग जोडिएर समस्या भएको छ यसलाई मन्त्रालय सँग समन्वय गरेर एकीकृत रुपमा हल गर्ने तर्फ अघि बढेका छौ’ मन्त्री अधिकारीले उल्लेख गर्नु भयो ।

फरक प्रसङ्गमा बोल्दै मन्त्री अधिकारीले नेपाली जनता र राजनीतिक दलहरूले लडेर ल्याएको व्यवस्था विरोधी स्वर देखिन थालेको भन्दै सङ्घीयताको मर्म अनुरुप तिनै तहको सरकारलाई बलियो बनाएर लैजानु पर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button