तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैतडी । बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाटन९१० पनाली बैतडीका ५२ वर्षीय मान बहादुर बिष्ट र ट्याक्टर चालक समेत रहेका कञ्चनपुर निवासी ३५ बर्षीय राजेश चौधरी रहेका छन् ।

मृतक बिस्टका ९४ वर्षीय आमा, श्रीमती र ३ छोराहरू रहेका छन्।से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएपनि आज बिहान स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
दुर्घटना भएको सडक निकै साँघुरो रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button