तपाईँ सुन्दै हुनुहुन्छः

विधेयक छिटो पारित गर्न संसदीय समितिलाई कानुनमन्त्री गिरीको आग्रह

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्ने गरी अगाडि बढ्न संसदीय समितिलाई आग्रह गर्नुभएको छ । 

प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा आज भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा मन्त्री गिरीले संसद्को हिउँदे अधिवेशनको समय धेरै बाँकी नरहेको भन्दै एक हप्ता भित्रमा विधेयक टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनु भयो ।

मन्त्री गिरीले एक हप्ताभित्र पारित गर्ने गरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिँदै चालु अधिवेशनमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पु¥याउन सके राम्रो उपलब्धि हुने पनि बताउनुभयो । 

यसैगरी कानुन समितिको आजको बैठकमा संघीय संसद्का महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्तावमा सांसदहरुले थप छलफल गरेर अगाडी बढ्नु पर्ने बताउनु भएको छ । 

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को संशोधन सम्बन्धी छलफलमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे र संघीय संसद् सचिवालयका सचिव डा.रोजनाथ पाण्डेले संघीय संसद्को कर्मचारीको व्यवस्थापन, काम कारवाहीको प्रभावकारिता बढाउन तथा स्रोत साधन व्यवस्थापनका लागि विधेयकमा संशोधन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button