तपाईँ सुन्दै हुनुहुन्छः

त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताउनु भएको छ  । 

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले उत्तर पुस्तिका हराएको विषयमा छानबिनमा भेटिएका दोषीलाई त्रिवि ऐनअनुसार कारबाही गरिने बताउनुभयो ।

मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सिमान्तकृत समुदाय र बस्तीलाई केन्द्रित गरेर विशेष आवासीय स्कुलहरूको स्थापना गर्ने प्रस्ताव गरेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले सुशासन ऐनमा टेकेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको इन्र्टनशिप सम्बन्धी कार्यविधि २०७६, श्रमसँग शिक्षा जोड्न इन्र्टनशिप गर्ने र काम गर्न सिकाउने उद्देश्यले शिक्षा मन्त्रालयमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई इन्र्टनशिपको व्यवस्था गर्न लागेको बताउनुभयो । 

उहाँले आवश्यकता र विद्यार्थीको रुचि अनुसार सीमित सङ्ख्यामा, राज्यलाई आर्थिक भार नपर्ने गरी, गोप्य सूचनामा पहुँच नहुनेगरी मापदण्ड बनाएर, कर्मचारीको नै नेतृत्व हुनेगरी इन्र्टनशिपको काम गर्न खोजेको स्पष्ट पार्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button