तपाईँ सुन्दै हुनुहुन्छः

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाएर छानविन गर्नु पर्ने काँग्रेसको माग

काठमाडौँ । प्रतिनिधि सभामा आजपनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको ठगी प्रकरणमा नाम जोडिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका विषयमा संसदीय समिति बनाएर छानविन गर्नु पर्ने माग दोहोर्‍याएको छ ।
बैठकको सुरुमा सभामुख देवराज घिमिरेसँग समय माग गरी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद् अवरुद्ध नगरी प्रतिपक्षले शालीन रुपमा प्रश्न उठाइरहेको भन्दै समिति गठन गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गर्नुभयो ।
कांग्रेसका महामन्त्री समेत रहनुभएका सांसद शर्माले प्रतिपक्षीको सहमति विना संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गर्नुभयो ।
सांसद विश्वप्रकाश शर्माले संसदमा एजेन्डा तय हुँदा प्रमुख प्रतिपक्षी र कार्य व्यवस्था परामर्श समितिको सहमति हुनुपर्नेमा जोड दिनुभयो ।
सभामुख घिमिरेले प्रधानमन्त्री, मन्त्रीहरू संसद्प्रति जिम्मेवार बन्नु पर्ने र मन्त्रीहरूले संसदमा उठेका विषयमा जवाफ दिन समय माग गर्दा संसदले समय उपलब्ध गराउने प्रचलन अभ्यास र व्यवस्था रहेको विषयमा सदनलाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button