तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँको पक्षमा ५६ मत र विपक्षमा ३७ मत तथा मत दिन्न भन्नेमा १५ मत परेको थियो ।

सोमबार बागमती प्रदेश सभा बैठकमा नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना गरि ५६ जना सांसदले विश्वासको मत दिनुभएको हो । 

नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गर्नुभयो, भने राप्रपा तटस्थ रहेको छ । प्रदेश सभामा १०८ जना सदस्य सहभागी हुनु भएको थियो । विश्वासको मतको विपक्षमा ३७ मत परेको छ । १५ सांसद तटस्थ रहनुभयो । 

२०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनु भएका जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिनुभएको हो । पहिलो पटक २०७९ माघ ३ गते र दोस्रो पटक चैत्र १० गते विश्वासको मत लिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button