तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर आइतबार एक जनाको मृत्यु भएको छ ।

पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८, कायरामा आफ्नै बारीमा मकै हेर्न गएका स्थानीय देवराम रुम्बाको करेन्ट लागेर मृत्यु भएको हो ।

बारीमा मकै हेर्न गएका उनको करेन्ट प्रवाह भएको भुईँमा लत्रिएको नाङ्गो तार छुन पुग्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । रुम्बाको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको जनाइएको छ ।

भिरबाट लडेर बालिकाको मृत्यु
मकवानपुरमा भिरबाट लडेर शनिबार एक बालिकाको मृत्यु भएको छ । बकैया गाउँपालिका वडा नम्बर–६ ठुलोसुधाकी ८ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय सन्दिप भोम्जनको छोरी पूर्णिमा भोम्जन घरबाट निस्किएको र खोजतलास गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला परेको प्रहरीले जनाएको छ ।

आफ्नै घरदेखि दुई सय मिटर पश्चिममा रहेको बाघ भैरव सामुदायिक वनको सुधाभिरबाट लडी मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button