तपाईँ सुन्दै हुनुहुन्छः

कोदालो प्रहार गरि श्रीमतीको हत्या दुई जना  गम्भीर घाइते 

बैतडी ।  बैतडीमा एक पुरुषले कोदालो प्रहार गरि श्रीमतीको हत्या गरेका छन् भने २ जना  गम्भीर घाइते बनाएका छन् । 

डिलाशैनी गाउँपालिका ७ धामी गाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन भने दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई घाइते बनाएका हुन् ।

आज बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।

घाइते भएका ३ जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागी ल्याउँदा श्रीमतीको बाटोमै मृत्यु भएको हो भने गम्भीर घाइते भट्ट र कलौनीलाई थप उपचारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कोदालो प्रहार किन गरे भन्ने बारे खुल्न सकेको छैन। कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलमा गएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button