तपाईँ सुन्दै हुनुहुन्छः

तनाव व्यवस्थापनका गर्न, कैदीबन्दीलाई योग तथा परामर्श दिइँदै 

डोटी जिल्ला कारागारमा रहेका कैदीबन्दीको तनाव व्यवस्थापन गर्ने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल, डोटीले  योग तथा स्वस्थ जीवनशैली परामर्श सम्बन्धी ७ दिने कार्यक्रम सुरु गरिएको छ । 

आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक स्वीकृत कार्यक्रमअनुसार स्वस्थ जीवन कार्यक्रम अन्तर्गत ६७ जना कैदीबन्दीहरुलाई योग तथा जीवनशैली परामर्श कार्यक्रम सञ्चालन गरिएको हो । 

कार्यक्रमको उद्घाटनमा बोल्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल डोटीका निमित्त कार्यालय प्रमुख विद्या घिमिरे(देउवा)ले कारागारमा रहेका कैदीहरूलाई विभिन्न किसिमका तनाव हुने तथा तनावले गर्दा थुप्रै अन्य स्वास्थ्य सम्बन्धि समस्याहरू आइपर्ने भएको त्यसको पूर्व व्यवस्थापन आवश्यक रहेको बताउनु भयो । 

योग प्रशिक्षक बलदेव जोशीद्वारा कारागार वन्दी गृह भित्र कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई प्रशिक्षण गरिदैछ ।

योग तथा परामर्श कार्यक्रम आजदेखि ७ दिनसम्म सञ्चालन हुने भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button