तपाईँ सुन्दै हुनुहुन्छः

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

नवलपुर । नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा आज दिउँसो भएको टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–१३ बेल्डिहा बस्ने २७ वर्षीय बलिराम महतो रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी साजन शर्माले जानकारी दिनुभयो ।

पाल्पाबाट होङसी सिमेन्ट कम्पनीको चुनढुङ्गा लोड गरी आउँदै गरेको लु १ क ५२८१ नम्बरको टिप्पर बिनयी त्रिवेणी–३ सालघारीस्थित भित्री सडकखण्डमा चालकले नियन्त्रण गुमाएपछि दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button